Rule 31
समितिको बैठक र कार्यविधि
(१) समितिको बैठक वर्षमा कम्तीमा चार पटक बस्नेछ ।
(२) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ । समितिको बैठक बस्ने सूचना बैठक बस्नुभन्दा कम्तीमा सात दिन अगावै सदस्य–सचिवले सदस्यहरूलाई दिनु पर्नेछ

(३) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षले निर्णायक मत दिनेछ ।
(४) समितिको निर्णय सदस्य–सचिवले प्रमाणित गर्नेछ ।
(५) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
(६) समितिको बैठकमा भाग लिए बापत समितिका अध्यक्ष र सदस्यहरूले नेपाल सरकारले तोकिदिए बमोजिमको बैठक भत्ता पाउने छन् ।